स्वास्थ्य शिविरमा अढाई सयको ब्रेष्ट जाँच

स्वास्थ्य शिविरमा अढाई सयको ब्रेष्ट जाँच
सुन्नुहोस्

गुल्मीमा अढाई सयले ब्रेस्ट क्यान्सरको परीक्षण गराएका छन् । हिजो तम्घासमा सञ्चालित निःशुल्क स्तन क्यान्सर परीक्षण तथा स्वास्थ्य सचेतना शिविरमा २५१ को ब्रेस्ट परीक्षण गरिएको हो ।

डिल्ली माया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेसन काठमाडौँको विशेषज्ञ सहयोग र रोटरी क्लब अफ रेसुङ्गा गुल्मीद्वारा आयोजित शिविरमा २४९ महिला र २ पुरुषले ब्रेस्ट जँचाएका थिए ।

शिविरमा डिल्ली माया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेसनका संस्थापक अध्यक्ष विशेषज्ञ डाक्टर सञ्जय पाण्डेले विशेषज्ञ सेवा प्रदान गरेका थिए । उनले स्तन क्यान्सरको वर्तमान अवस्थासहित स्तन क्यान्सर हुने सम्भावित कारणबारे जानकारी गराए ।

स्तन क्यान्सरबाट हुनसक्ने जोखिमको उल्लेख गर्दै विशेषज्ञ डाक्टर पाण्डेले स्तन क्यान्सर उपचार उपलब्ध भएता पनि मानिसहरू समयमै उपचार केन्द्रसम्म नजानुका साथै रोगलाई लुकाउने र हेल्चेक्राई गर्ने गरेको बताए ।
Write to Editor & Uttam
 

टिप्पणीहरू