पोखरामा धुमधामका साथ मनाइयो तमु ल्होसार (फोटोफिचर)

पोखरामा धुमधामका साथ मनाइयो तमु ल्होसार (फोटोफिचर)
सुन्नुहोस्

गुरुङ्ग समुदायले आज धुमधामका साथ तमु ल्होसार मनाएका छन् । नयाँ वर्षको स्वागत गर्दै उनीहरुले तमु ल्होसार मनाएका हुन् । तमु धि नेपालको आयोजनामा पोखरामा तमु ल्होसार शुभकामना र्याली निकालिएको थियो । र्यालीमा विभिन्न तमु समाजले सहभागिता जनाएका हुन् । 

गुरुङ्ग समुदायले हरेक वर्षको पुस १५ गते तमु ल्होसार मनाउने गर्दछन् । त्यस्तै, तामाङ्ग समुदायले माघ शुक्ल प्रतिपदामा सोनाम ल्होसार र शेर्पा समुदायले फागुन शुक्ल प्रतिपदामा ग्याल्पो ल्होसार मनाउने गरेका छन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझिन्छ ।

टिप्पणीहरू