‘सडकमै खाऔं, सडकमै रमाऔं’ (फोटोफिचर)

‘सडकमै खाऔं, सडकमै रमाऔं’ (फोटोफिचर) फोटो : नेपाल फोटो लाइब्रेरी
सुन्नुहोस्

नेपालको ठूलो सडक महोत्सव ‘पोखरा सडक महोत्सव’ आजबाट शुरु भएको छ । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ नारासहित पोखराको हल्लन चोकबाट महोत्सवको थालनी गरिएको हो ।

महोत्सवको प्रारम्भमा विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पञ्चे बाजा बजाइएको थियो । अंग्रेजी नयाँ वर्षको अवसरमा वर्षेनी रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) ले आयोजना गर्दै आएको महोत्सवको यो २५ औं संस्करण हो । 

आजदेखि जनवरी १ तारिखसम्म चल्ने महोत्सवमा विभिन्न सांस्कृतिक, सांगीतिक, मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुती हुनेछ । त्यस्तै, लेकसाइडको करिब तीन किलोमिटर सडकखण्डमा त्यहाँका रेस्टुरेन्टले आफ्ना पकवानहरु पनि पस्कने छन् । 

महोत्सवमा चर्चित गायकहरु दीपक बज्राचार्य, र्यापर लाहुरे, राजन केसी, शिला आले, समीक्षा अधिकारी, बद्री पंगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एण्ड रिभाइबल, मोक्ष ब्याण्डलगायत गायक, गायिकाले आफ्नो प्रस्तुति दिने जनाइएको छ ।

 

टिप्पणीहरू