एनआइसी एशिया बैंक नक्कली बील बनाउँदै, राष्ट्र बैंक छानबिनको सुर कस्दै

एनआइसी एशिया बैंक नक्कली बील बनाउँदै, राष्ट्र बैंक छानबिनको सुर कस्दै
सुन्नुहोस्

एनआइसी एशिया बैंकमाथि विभिन्न शीर्षकको खर्चमा नक्कली बील प्रयोग गरेको आरोप लागेको छ । बैंकले गरेको स्वागत तथा आतिथ्य खर्चको बील अस्वाभाविक भएको जनाउँदै त्यहीँका कर्मचारीले छानबिनका लागि केन्द्रीय बैंक गुहारेका छन् ।

विशेषगरी काठमाडौं, बुटवल,चितवन, नेपालगञ्ज र विराटनगरमा अतिथिहरुको स्वागतका निम्ति भएको होटल तथा रेष्टुरेन्ट खर्चको बील अस्वाभाविक भएको आरोप छ । कर्मचारीहरुले राष्ट्र बैंकको बालुवाटारस्थित गभर्नर कार्यालयमा दर्ता गराएको उक्त उजुरीमाथि कारबाही प्रक्रिया अघि बढेको बुझिएको छ ।

‘पत्र प्राप्त भएको छ । अवस्था कस्तो रहेछ पत्ता लगाएर रिपोर्ट माथि पेश गर्नेछौं ।’

गभर्नर महाप्रसाद अधिकारीको तोक आदेशपछि उक्त उजुरीबारे आवश्यक छानबिन गर्न सचिवालयले दरबारमार्गस्थित बैंक सुपरीवेक्षण विभागलाई लिखित आदेश दिएको छ । गभर्नर कार्यालयबाट अस्तिको मितिमा पत्र प्राप्त भएको विभागीय स्रोतले पुष्टि गरेको छ ।

एनआइसी एशियाले लाखौंको बील फर्जी बनाएको उजुरीमा उल्लेख छ । यसअघि बैंकले केन्द्रीय बैंकका अधिकृतहरुलाई हेलिकोप्टर चढाएको उजुरी पनि बालुवाटार पुगेको छ ।

शुक्रबार गभर्नरको कार्यालयले लेखेको पत्रबारे सुपरीवेक्षण विभागले यो साताभित्रै यथार्थ पत्ता लगाइने जनायो । स्रोत भन्छ, ‘पत्र प्राप्त भएको छ । अवस्था कस्तो रहेछ पत्ता लगाएर रिपोर्ट माथि पेश गर्नेछौं ।’

टिप्पणीहरू