शहीद तथा द्धन्द्धपीडितका सन्तानलाई छात्रवृत्ति दिइने

शहीद तथा द्धन्द्धपीडितका सन्तानलाई छात्रवृत्ति दिइने
सुन्नुहोस्

शिक्षा विकास तथा समन्वय इकाईले शहीद तथा द्धन्द्धपीडित परिवारका सन्तानलाई छात्रवृत्ति दिने भएको छ । 

आर्थिक वर्ष २०८०–८१ को वार्षिक कार्यक्रमअनुसार ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०६६’ बमोजिम छात्रवृत्ति प्रदान गर्न लागिएको इकाईले जनाएको छ । 

इकाईका अनुसार कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने र १८ वर्ष पूरा नभएकालाई छात्रवृत्ति दिइने छ । आवेदन दिनका लागि इकाईले पुस मसान्तसम्मको समयसीमा दिएको छ । 

विद्यार्थीले आवेदनसँगै जन्मदर्ताको प्रतिलिपि, शहीद तथा द्धन्द्धपीडितसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि, अध्ययनरत विद्यालयको सक्कलै सिफारिस पत्र पेश गर्नुपर्नेछ । 

त्यस्तै, अघिल्लो कक्षा उत्तीर्ण गरेको मार्कसिट प्रतिलिपि, हकवाला अभिभावकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, हकवाला अभिभावकको सम्पर्क नम्बर, सशस्त्र द्धन्द्धको समयमा अपाङ्ग भएको व्यक्ति–परिवारको हकमा ५० प्रतिशतभन्दा बढी अपाङ्गता भएको देखिने प्रमाणित प्रतिलिपि, विद्यार्थी वा अभिभावकको निवेदन पनि बुझाउनुपर्ने इकाईले जानकारी दिएको छ ।

टिप्पणीहरू