प्रधानमन्त्री र राष्ट्रपतिका सल्लाहकार सँगै जहाजमा

प्रधानमन्त्री र राष्ट्रपतिका सल्लाहकार सँगै जहाजमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर जानुभएको छ । उहाँ केही बेरअघि बुद्ध एयरको जहाजमा काठमाडौँबाट त्यता प्रस्थान गर्नुभएको हो । 

बुद्धको उडान नम्बर बिएचए-७१३ मा साँझ साढे ५ बजे प्रधानमन्त्रीसहित ६ जनाको टोली विराटनगर गएको बताइएको छ । टोलीमा राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा,उर्जा जलस्रोत तथा सिन्चाई मन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि छन् । 

त्यस्तै,पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र पूर्व राज्यमन्त्री तथा एमाले नेता मोतीलाल दुगड पनि सोही उडानमा विराटनगर गएको बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डले इनरुवा-सुनसरी प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको र भोलि स्थानीय योजनाहरुको अनुगमन तथा मोरङ उध्योग वाणिज्य संघद्वारा आयोजित औध्योगिक महोत्सवमा पनि सहभागी हुने जनाइएको छ ।

टिप्पणीहरू