विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये दुई वटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक सम्पत्ति हानिनोक्सानी र गैरकानूनी लाभ तथा हानी पुप्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको जानकारी दिए । 

सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मलबहादुर शाहीसहित छ जनाविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । विशेष अदालतको गत असार १० गतेको फैसलाले उनीहरुलाई पूर्ण रुपमा सफाई दिएपछि त्यसप्रति असन्तृष्ति जनाउँदै आयोग सर्वोच्चमा पुगेको हो । 

यस्तै, सोही आरोपमा नरबहादुर गुरुङसहित दुई जनाविरुद्ध दायर भएको मुद्दामा विशेष अदालतले गत फागुन ३ गते प्रतिवादीहरुलाई दोषी ठहर गर्दै जनही पाँच लाख ४८ हजार १९१ रुपैयाँ जरिवाना गरी असुल उपर गर्ने फैसला सुनाएको थियो । 

विशेष अदालतको उक्त फैसलाप्रति पनि असहमति जनाउँदै अख्तियारले सर्वोच्च गुहारेको हो ।

टिप्पणीहरू