सिंहदरबारको आकाशमा पत्रकारले उडाए कालो ब्यानरसहितको बेलुन

सिंहदरबारको आकाशमा पत्रकारले उडाए कालो ब्यानरसहितको बेलुन
सुन्नुहोस्

श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिको माग राखेर चरणबद्ध आन्दोलनमा रहेको श्रमजीवी पत्रकार संघले आज सिंहदरबारको आकाशमा कालो ब्यानरसहितको बेलुन उडाएर विरोध प्रदर्शन गरेको छ । 

संघका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा बेलुनमा कालो ब्यानर टाँगेर उडाउँदै सरकारलाई पारिश्रमिक वृद्धिका लागि दबाब दिइएको हो । 

पत्रकारको पारिश्रमिक बढाउन र नौं बुँदे माग सम्बोधनका लागि संघले गत मंसिर २५ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अल्टिमेटम पत्र बुझाएको थियो । तीनदिनको समय दिइएकोमा मन्त्रालयले बेवास्ता गरेपछि संघले पुस १ गतेदेखि चरणबद्ध आन्दोलन शुरु गरेको हो । 

पुस १ गते मुलुकभर सामाजिक सञ्जालमार्फत नौं बुँदे अधिकारपत्र प्रचारप्रसार गरिएको थियो । पुस २ गते काठमाडौं उपत्यकामा हस्ताक्षर अभियान सञ्चालन गरेर हिजो संकलित हस्ताक्षर सिंहदरबारस्थित मन्त्रालयमा बुझाइएको हो ।

टिप्पणीहरू