श्रीलंकाको उत्तरपूर्वमा ६० हजार भारतीय घर

श्रीलंकाको उत्तरपूर्वमा ६० हजार भारतीय घर

भारतले श्रीलंकामा शुरु गरेको भारतीय आवास परियोजनाअन्तर्गत ६० हजार घर बनाउने भएको छ । पहिले ५० हजार भनिएको उक्त परियोजनामा थप १० हजार घर चौथो चरणमा बनाउन लागिएको बताइएको छ ।

भारतीय समाचार एजेन्सी इण्डिया न्युज नेटवर्कका अनुसार पछिल्लो चरणमा श्रीलंकाका छ प्रान्त तथा ११ जिल्लामा आवासीय भवन बनाउन लागिएको हो । यसअघि उत्तरपूर्वी प्रान्तमा ४६ हजार घर बनाइसकिएको छ । तेस्रो चरणमा बनाउन थालिएको चार हजार आवासको निर्माण कार्य लगभग सकिएको छ ।

भारतले सन् २०१० को जुन महिनामा श्रीलंकाको उत्तरपूर्वी प्रान्तका ग्रामीण भेगमा ३३ अर्ब श्रीलंकाली रुपैयाँ बराबरको ५० हजार आवासीय भवन बनाइदिने घोषणा गरेको थियो । जसअनुसार पहिलो र दोस्रो चरणमा ४६ हजार घर बनाएर हस्तान्तरण गरिसकिएको छ भने तेस्रो चरणको चार हजार घर हस्तान्तरणको क्रममा रहेको जानकारी दिइएको छ ।

अहिले चौथो चरणको घर परियोजना बगिचा क्षेत्रमा शुरु गर्न लागिएको हो । सन् २०१७ को मे महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंका भ्रमणको क्रममा थप १० हजार भवन निर्माणको घोषणा गरेका थिए ।

टिप्पणीहरू