आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे चीनका दुई शहरमा छलफल

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे चीनका दुई शहरमा छलफल
सुन्नुहोस्

चीनमा पाँचौं विश्व सञ्चार सम्मेलन भइरहेको छ । शनिबारदेखि ग्वाङ्चौ शहरमा शुरु भएको उक्त सम्मेलन खुनमिङमा समेत गरेर आगामी शुक्रबारसम्म हुँदै छ । 

सम्मेलनमा सञ्चार क्षेत्रमा भएको प्रविधिको द्रुत विकास र एआईको बढ्दो भूमिकाबारे छलफल थालिएको छ । ‘विश्वव्यापी विश्वास अभिवृद्धिका लागि सञ्चारको विकास’ नारा दिइएको सम्मेलनमा ठूला समाचार एजेन्सीका प्रतिनिधिहरुले आफ्ना अनुभव आदानप्रदान गरेका छन् ।

विश्वका १०१ मुलुकका ४५० भन्दाबढी प्रतिनिधिको उपस्थिति रहेको उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघको समेत सहभागिता रहेको बताइन्छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार १९७ सञ्चार माध्यम, थिंक ट्याङ्क्स, सरकारी समाचार समिति, चीनमा रहेको कूटनीतिक नियोगलगायतका प्रतिनिधिहरुको पनि सहभागिता छ ।

स्राेत : सिन्ह्वा ।

टिप्पणीहरू