इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
सुन्नुहोस्

इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ ।

हिजोदेखि अस्ट्रेलियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१ औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका एक सय ९५ सदस्य राष्ट्रमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । 

नेपालको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका इन्स्पेक्टर नारायण थापा र उमेश श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेट्स सेभ द प्लानेट इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोकृष्ट घोषणा भएको हो ।

भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्या समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न संयुक्त राष्ट्रसंघको मुख्य साझेदारको रुपमा रहेको इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको जनाइएको छ । 

इन्टरपोल प्रेसिडेन्ट मेजर जनरल डा. अहमेद नाजिर एएल–आरएआइएसआइबाट नेपाल प्रहरीलाई सम्मानस्वरुप प्रमाणपत्र समेत प्राप्त भएको छ । इन्टरपोल स्थापनाको १०० वर्ष विशेष उत्सवको रुपमा बनाउन इन्टरपोल इनोभेसन सेन्टरद्धारा ‘हाउ डु यु इन्भाइजेज इन्टरपोल कनेक्टिङ एण्ड इम्पावरिङ ग्लोबल ल इन्फोर्समेन्ट फर अ सेफर वल्र्ड इन २०३०’ विषयमा आधारित रही उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रलाई आह्वान गरिएको थियो । 

महासभामा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डलको सहभागिता छ ।

टिप्पणीहरू