सबै सांसदलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ । पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको बताइएको छ । 

२० मध्ये छ जना यसअघि नै केन्द्रीय सदस्य थिए । महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको बैठकले उक्त निर्णय गरेको हो । आजदेखि उक्त पार्टीको केन्द्रीय सदस्यको संख्या ६० पुगेको छ ।

टिप्पणीहरू