टिकटक खोल्न आदेश मागिएको रिट ‘पेन्डिङ’ मा

टिकटक खोल्न आदेश मागिएको रिट ‘पेन्डिङ’ मा
सुन्नुहोस्

सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट ‘हेर्न नभ्याइने’ मा परेको छ । 

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय बदर गर्न आन्तरिम आदेश माग्दै गत शुक्रबार सर्वोच्चमा छुट्टा–छुट्टै १० वटा रिट परेका थिए । उक्त रिटमाथि आज सुनुवाइ गर्नेगरी पेसी तोकिएको थियो ।

तर, आज न्यायाधीश कुमार चुडालको एकल इजलासमा परेको सो रिट अन्तिम समयमा हेर्न नभ्याइनेमा परेको हो । न्यायाधीश चुडाल संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि हेर्न नभ्याउने सूचीमा परेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुईंटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका थिए ।

टिप्पणीहरू