नेपाली सेनाद्धारा पृथ्वी स्मारकको सरसफाई

नेपाली सेनाद्धारा पृथ्वी स्मारकको सरसफाई
सुन्नुहोस्

नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देविघाटमा रहेको पृथ्वी स्मारक उद्यान परिसरको सरसफाइ गरेको छ । 

पृथ्वीनारायण शाहको देहावसान भएको स्थानलाई संरक्षण, सफा र संवद्र्धन गर्ने उद्धेश्यका साथ सेनाको जबरजंग देविघाट ब्यारेकले आज उक्त परिसरको सरसफाइ गरेको हो । 

जबरजंग गणका सेनाले विगतदेखि नै देविघाटमा रहेको ऐतिहासिक पृथ्वीनारायण शाहको स्मारक सफाइ गर्दै आएको छ । पृथ्वी स्मारकमा आवश्यक पर्ने हरेक कार्यमा सेनाको सहयोग रहँदै आएको छ ।

हिउँद सुरु भएसँगै स्मारक वरपर भएका फोहोर, घाँसपात, झाडीलगायत परिसरको प्राङ्गण वरिपरि पनि सरसफाई गरेको जबरजंग गणले जनाएको छ । 

ऐतिहासिक, पुरातात्तिवक तथा धार्मिक महत्वको पर्यटकीय स्थल देविघाटको महत्व युवापिँढीमा बोध गराउन विगतका दिनदेखि नै पृथ्वी स्मारक संरक्षण तथा सरसफाई कार्य गर्दै आइरहेको गणको भनाइ छ । 

गणले विगतका वर्षहरुमा पनि ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रअन्तर्गत मठमन्दिर, विश्राम स्थल, चौतारोलगायतका ऐतिहासिक स्थलको संरक्षण, मर्मत, सरसफाईजस्ता कार्य गर्दै आएको जनाएको छ ।

टिप्पणीहरू