प्याजको भाउ घटाउने भारतीय रणनीति

प्याजको भाउ घटाउने भारतीय रणनीति
सुन्नुहोस्

भारतमा प्याजको भाउ अचाक्ली बढेको छ । गत वर्ष न्यूनतम मूल्य प्रतिकेजी १७ भारतीय रुपैयाँ रहेको प्याजको भाउ राजधानी नयाँ दिल्लीमा अधिकतम ७८ पुगेको बताइन्छ । 

सरकारले भारतभर प्याजको औसत मूल्य ५० रुपैयाँ हाराहारीमा रहेको बताएको छ । तर, ठूला सहर र प्याज उत्पादन नहुने भागमा अचाक्ली बढेपछि मूल्य रोक्न सरकारले एकै पटक ठूलो परिमाणमा प्याज खुद्रा बजारमा पुर्याउने भएको छ । 

यसअघि पनि बजारमा भाउ घटाउन दबाब दिने उद्देश्यले पाँच लाख टन प्याज बजारमा पुर्याइएको थियो । अहिले फेरि दुई लाख टन प्याज बजारमा लैजान लागिएको हो ।

भारत सरकारले प्याजको भाउ खुद्रा बजारमा न्यूनतमा २५ रुपैयाँ प्रतिकिलोग्राममा झार्ने प्रयास गरिरहेको छ । भारतमा बढेको प्याजको भाउको असर नेपाली बजारमा समेत परेको छ । नेपालमा कुल खपतको आधाभन्दा बढी प्याज भारतबाट आउने गरेको बताइन्छ ।

टिप्पणीहरू