एनआरएनएमा भाँडभैलोको नयाँ श्रृंखला, बैंक खाता बन्द गर्न आग्रह

एनआरएनएमा भाँडभैलोको नयाँ श्रृंखला, बैंक खाता बन्द गर्न आग्रह
सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व छनौट प्रक्रियामा असन्तुष्ट समूहले संघको बैंक खाता रोक्न आग्रह गरेको छ । स्वःघोष्तिा अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । 

हालै सम्पन्न ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत् शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएको बताइएको छ । 

शर्माले संघको नाममा रहेका कुनैपनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन सिईओलाई आग्रह गरे पनि उनले संघको सबै ताल्चा र साँचो अध्यक्ष डा. बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।

अनलाइन भोटिङमा धाँधली गरिएको आरोप लगाउँदै आएको शर्मा समूहले यसबीचमा परराष्ट्रमन्त्री, प्रधानमन्त्रीलगायत नेपाली काँग्रेसका नेताहरुसँग भेट गरेर केसी नेतृत्वलाई अवैध ठहर गर्नुपर्ने माग गर्दै आएको छ ।

टिप्पणीहरू