दशैँमा खुवाउनुपर्ने भिटामिन ए र जुकाको औषधि मध्य कात्तिकमा

दशैँमा खुवाउनुपर्ने भिटामिन ए र जुकाको औषधि मध्य कात्तिकमा
सुन्नुहोस्

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम एक साता पछि सारिएको छ । पूर्वनिर्धारित समयमा दशैँ परेपछि कात्तिक १७ र १८ गते भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक वर्ष कात्तिक २ र ३ गते पहिलो चरण तथा वैशाख ६ र ७ गते दोस्रो चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यसपटक २ र ३ गते दशैं पर्न गएपछि कार्यक्रम सारिएको मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । 

केन्द्रले नजिकैको महिला स्वास्थ्य स्वयंसेविकामार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउन आग्रह गरेको छ ।

टिप्पणीहरू