बाँकेमा बिरामीको उपचारमा रगत अभाव, प्रहरीद्वारा रक्तदान

बाँकेमा बिरामीको उपचारमा रगत अभाव, प्रहरीद्वारा रक्तदान
सुन्नुहोस्

बाँकेमा रगत अभाव देखिएपछि नेपाल प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ६८ औं प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जको आयोजनामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

‘रक्तदान जीवनदान’ भएकाले मानवीयता बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको प्रदेश अस्पतालका निर्देशक एवम् प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले जानकारी दिए । ‘समाजमा अरुलाई पनि हौसला होस् भनेर प्रहरीको प्रयास सन्देश दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौं ।’ 

आज ३७ जना प्रहरीले रक्तदान गरेका छन् । रक्तदानका लागि प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जले गरेको हो । प्रहरी दिवसका अवसरमा उक्त अस्पतालले प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । 

आज कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्ज, नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत, हाल नेपालगञ्ज बाँके, त्यसैगरी लुम्बिनी प्रदेश प्रहरीगण खजुरा बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरीले रक्तदान गरेका हुन् ।

टिप्पणीहरू