भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा शोध गर्नेलाई पुरस्कार घोषणा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका क्षेत्रमा शोध गर्नेलाई पुरस्कार दिने भएको छ । आज सूचना प्रकाशित गर्दै आयोगले सोसम्बन्धी जानकारी दिएको हो ।
विश्वका कुनै पनि मान्यता प्राप्त विश्वविश्वालय तथा आङ्गिक क्याम्पसहरुमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत तीन जना शोधार्थी तथा विद्यार्थीलाई अनुसन्धान वृत्ति उपलब्ध गराइने आयोगले जनाएको छ । तीन जना विद्यार्थीलाई अनुसन्धान वृत्ति क्रमशः एक लाख, एक लाख ५० हजार र दुई लाख ५० हजारका दरले उपलब्ध गराइने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी ६० दिनभित्र अनलाइनमार्फत आवेदन दिन भनिएको छ । त्यस्तै, आवेदन फाराम र अनुसन्धान वृत्तिसम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ ।
टिप्पणीहरू