एमसिसी टोलीको बसोबास मेरियटमा

एमसिसी टोलीको बसोबास मेरियटमा

नेपालको पाँच दिने भ्रमणका लागि आज काठमाडौँ आइपुगेको अमेरिकी टोली नक्सालको मेरियट होटलमा बसेको छ । 

आज साँझ काठमाडौँ ओर्लिएको अमेरिकी सहयोग परियोजना एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट नेतृत्वको टोली भर्खरै हाेटेल पुगेको हो । कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहा हुँदै साँझ पौने ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएको सो टोलीमा पाँच जना रहेका छन् । 

एमसिसी कार्यान्वयनको अवस्थालगायतका विषयमा बुझ्न आएको अल्ब्राइट नेतृत्वको अमेरिकी टोली आगामी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू