सरुवा भएका कर्मचारीलाई सात दिनभित्र रमाना दिन निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई सात दिनभित्र रमाना दिन निर्देशन दिएको छ ।
रमाना भएर जानुपर्ने कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै आज सम्पूर्ण मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले प्रचलित कानूनबमोजिम सरुवा, पदस्थापन, कामकाज र काज फिर्ता गरिएकालाई रमाना दिन भनेको छ ।
त्यस्तै, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीलाई पनि प्रचलित कानूनबमोजिम रमाना दिन निर्देशन दिइएको छ ।
मन्त्रालयले कर्मचारीहरुलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई सात दिनभित्र जानकारी गराउनसमेत परिपत्रमा उल्लेख गरेको छ ।
टिप्पणीहरू