नेपाल घुम्न आएका लालु यादवका छोरा बुहारी दिल्ली उडे

नेपाल घुम्न आएका लालु यादवका छोरा बुहारी दिल्ली उडे

पारिवारिक भ्रमणका लागि काठमाडौँ आएका भारतीय राष्ट्रिय जनता दलका नेता तथा बिहारका उपमुख्यमन्त्री तेजस्वीप्रसाद यादव स्वदेश फर्किएका छन् । 

श्रीमती र बालबच्चासहित असोज ९ गते काठमाडौं आएका उनी आज साँझ नयाँदिल्ली प्रस्थान गरेका हुन् । यादव परिवारसहित १२ जनाको टोली भिस्तारा एअरको युके १५६ उडानमा साँझ साढे ५ बजे दिल्ली उडेको बताइएको छ । 

यादव परिवारको टोलीले यहाँ रहँदा पशुपतिनाथको दर्शन गर्नुका साथै काठमाडौँ र पोखराका विभिन्न स्थानको भ्रमण गरेको थियो ।  

लालुप्रसाद यादव भारतीय राष्ट्रिय जनता दलका अध्यक्ष हुन् । लामो समय बिहारको मुख्यमन्त्री रहेका उनी केही समय केन्द्रीय रेलमन्त्री समेत भएका थिए । तेजस्वीप्रसाद लालुका छोरा हुन् ।

टिप्पणीहरू