उडिरहेको जहाजको इञ्जिनबाट इन्धन चुहियो,भर्खरै आकस्मिक अवतरण

उडिरहेको जहाजको इञ्जिनबाट इन्धन चुहियो,भर्खरै आकस्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि काठमाडौँबाट उडेको श्री एयरको जहाज आकाशमा उडिरहेका बेला इन्धन चुहिएपछि आकस्मिक अवतरण गराइएको छ । 

जहाज उडेको केही बेरमै बाँयातर्फको इञ्जिनबाट इन्धन चुहिएको थियो । त्यसपछि जहाजलाई लामो समय आकाशमा घुमाई इन्धन खालि गराएर बिहान ८ बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड गराइएको हो । रन-वे मा फोम हालेर ल्याण्ड गरिएको जनाइएको छ । 

आज बिहान ७ बजे उडेको सो जहाजमा ४२ जना यात्रु थिए ।
 

टिप्पणीहरू