बेइजिङमा संयुक्त वक्तव्य जारी, चक्रपथ विस्तार र सुरुङमार्गलाई प्राथमिकता
नेपाल र चीनबीच राजधानी बेइजिङमा संयुक्त वक्तव्य जारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा हिजो भएको द्विपक्षीय भेटवार्तापछि आज जारी वक्तव्यमा टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन र काठमाडौं चक्रपथको दोस्रो चरण विस्तारबारे उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार संयुक्त वक्तव्य जारी गरिएको बताइएको छ । वक्तव्यमा जिलोङ÷केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा दुवै मुलुक सन्तुष्ट रहेको उल्लेख छ । लिजी–नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार विकासका लागि सहयोग गर्न चीन सहमत भएको छ ।
छेन्ताङ–किमाथांका र रिवु–ओलाङजुङगालामा बन्दरगाह खोल्ने, केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको वक्तव्यमा उल्लेख छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि दुई देशबीच सहमति भएको छ । यसका लागि दुवै मुलुकका विमान कम्पनीहरुलाई प्रोत्साहन गर्ने बताइएको छ ।
टिप्पणीहरू