मलंगवा घटनाबारे गृहमन्त्रीलाई ज्ञापन
नेपाल विश्व हिन्दु महासंघ र समतामूलक समाज निर्माण महाअभियानले सर्लाहीको मलंगवामा हालै भएको घटनाको छानबिनको माग अघि सारेको छ । महाअभियानले उक्त मागसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।
कानूनी राज्यको उपहास गर्दै मलंगवामा हिन्दु समाजलाई लक्षित गरी निरन्तर रुपमा हमला र आक्रमण भइरहेको उल्लेख गर्दै उनीहरुले यस्ता नियोजित तथा बदनियतपूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरमा ल्याउन गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको बताइएको छ ।
गत भदौ २३ गते सदरमुकाम मलंगवामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप हुँदा रुपेश यादवलगायत आधा दर्जन स्थानीयमाथि छुरा प्रहार भएको थियो ।
ज्ञापनपत्रमा पीडित तथा घाइतेहरुको उपचारका लागि यथोचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरिएको छ । साथै, कुनै पनि बहानामा कारबाही प्रक्रिया ओझेलमा पारिएको खण्डमा कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।
टिप्पणीहरू