धनगढी जलमग्न, सेती प्रादेशिक अस्पताल अस्तव्यस्त

धनगढी जलमग्न, सेती प्रादेशिक अस्पताल अस्तव्यस्त

धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र बाढीको पानी पसेको छ । झण्डै एक घण्टा परेको मुसलधारे वर्षाका कारण आज बिहान अस्पतालभित्र पानी पसेको हो ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालका विभिन्न वार्डमा पानी पसेपछि सेवा अवरुद्ध भएको छ । आजको पानीले त्यहाँको प्रदेश सभा भवन र धेरैजसो स्थानीयको घर पनि डुबानमा परेको छ ।
 

टिप्पणीहरू