बेइजिङस्थित नेपाली दूतावासमा प्रधानमन्त्रीको सम्बोधन (भिडियो)

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बेइजिङमा दुई वटा कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । अस्ति बिहान हाङचाउ पुग्नुभएका दाहाल राष्ट्रपति सि जिनपिङसँगको शिष्टाचार भेटवार्ता र १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिएर हिजो बिहान राजधानी बेइजिङ जानुभएको थियो । 

दिउँसो ३ बजे दुई मुलकका व्यापारी र व्यवसायीहरुको सम्मेलनलाई सम्बोधन गर्नुभयो । कार्यक्रम बेइजिङस्थित चाइना काउन्सिल फर दि प्रमोसन अफ इन्टरनेशनल ट्रेडको सभाहलमा भएको हो ।

प्रधानमन्त्रीलगायत नेपालबाट गएका झण्डै पाँच दर्जन व्यापारी तथा व्यवसायीहरुको उपस्थितिमा कार्यक्रमको अन्तमा चीनका तीन वटा मोटर कम्पनीले नेपालका गाडी बिक्रेता कम्पनीहरुसँग सम्झौता गरेक थिए । विवादास्पद व्यापारी विनोद चौधरी खलकको सिजी मोटर्सले विद्युतीय गाडी ल्याउन गरेको सम्झौताको साक्षी प्रधानमन्त्रीलाई बनाइएको भन्दै सहभागी अन्य व्यवसायीहरुले कार्यक्रमस्थलमै असन्तुष्टी जनाएको बताइन्छ ।

 

सिजीले चीनको जिएसी मोटर्स र होचोन अटो कम्पनीका विद्युतीय गाडी नेपालमा ल्याएर बेच्न उक्त सम्झौता गरेको छ । प्रधानमन्त्रीको औपचारिक भ्रमणमा वैदेशिक लगानी,व्यापार सम्झौता,ऊर्जा सम्झौता हुनुपर्नेमा मोटर ल्याउने काममा प्रधानमन्त्रीलाई साक्षी राखिएको अरु व्यवसायीको भनाई छ । 

त्यसपछि साँझ ६ बजे उहाँ बेइजिङस्थित नेपाली राजदूतावास पुग्नुभयो । राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गर्नुभएको स्वागत तथा रात्रीभोजमा प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेपालविज्ञ चिनियाँहरुकोसमेत उपस्थिति थियो । प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको सम्पादित अंश:

टिप्पणीहरू