प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग हाङचौमा भेट्ने, समकक्षी लि काङ्गसँग बेइजिङमा

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग हाङचौमा भेट्ने, समकक्षी लि काङ्गसँग बेइजिङमा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते शनिबार हाङचौमा भेटवार्ता गर्नुहुनेछ । चीन भ्रमणको लागि उहाँ अमेरिकाबाट सोझै उक्त शहरमा पुग्ने कार्यक्रम छ । 

एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री सो दिन त्यहाँ पुग्ने बताइएको छ । राष्ट्रपतिसँग सोही शहरमा भेटवार्ताको समय मिलाइएको जानकारी दिइएको छ ।

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त जानकारी दिनुभएको हो । उहाँ अघिल्लो दिन असोज ५ गते हाङ्चौ पुग्ने उडान तालिका छ । 

त्यसपछि असोज ८ गते बेइजिङमा चिनियाँ समकक्षी प्रधानमन्त्री लि काङ्ग भेटवार्ता गर्नुहुनेछ । बेइजिङबाट उहाँ तिब्बत भ्रमणमा जाने र सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै असोज १३ गते काठमाडौं आइपुग्नुहुने कार्यक्रम बनाइएको छ ।

टिप्पणीहरू