राष्ट्रपतिका छोराविरुद्ध फौजदारी मुद्दा दायर

राष्ट्रपतिका छोराविरुद्ध फौजदारी मुद्दा दायर

अमेरिकी राष्ट्रपति जो बाइडनका छोराविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ । हन्टर बाइडनले बन्दुक किनेको बखत सूचना र जानकारी लुकाएको आरोपमा उक्त मुद्दा दायर गरिएको बताइएको छ । 

हण्टरले आफू लागुऔषध दुर्व्यसनी रहेको यथार्थ ढाँटेको प्रमाणित भएपछि उक्त अभियोगमा फौजदारी मुद्दा दर्ता गरिएको छ । बाइडनको गृहराज्य डेलावेयरस्थित जिल्ला अदालतमा दायर गरिएको मुद्दामा उनी दोषी ठहर भए २५ वर्षसम्मको जेल सजाय हुनसक्ने छ । 

अमेरिकी कानुनअनुसार लागुऔषध दुर्व्यसनमा रहेकाले बन्दुक किन्न पाउँदैनन् । जबकी हण्टर क्रयाक पाँच वर्षअघि बन्दुक किनेको समयमा कोकिनका दुर्व्यर्सनी थिए ।

उनीमाथि कर छलीमा पनि प्रहरीले अनुसन्धान थालेको छ । अमेरिकामा बहालवाला राष्ट्रपतिका छोरा विरुद्ध फौजदारी मुद्दा दायर गरिएको सम्भवतः यो पहिलो घटना हो ।

टिप्पणीहरू