सुवासलाई १७ तोपको सलामीसहित अन्तिम बिदाइ

सुवासलाई १७ तोपको सलामीसहित अन्तिम बिदाइ

संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गर्न लागिएको छ । बालुवाटारस्थित निवासबाट पार्थिव शरीररलाई महाराजगञ्ज चक्रपथ,चाबहिल,गौशाला हुँदै आर्यघाट लगिँदैछ । 

बिहान ११ बजेलाई अन्त्येष्टिको कार्यक्रम तय गरिएको छ । गृह मन्त्रालयको पत्रानुसार उहाँलाई १७ तोपको सलामी दिन लागिएको छ । त्यसका लागि सेनाको सानो ब्याण्ड र गुल्म खटाइएको छ । सेनानीलाई स्कर्टपति तोकिएको छ ।

एमाले उपाध्यक्ष,संसदीय दलका उपनेता तथा सभासद् नेम्वाङको पार्थिव शरीरलाई आठ जना सैनिकले काँध हाल्नेछन् । उहाँको घरबाट शव उठाउँदा र अन्तिम संस्कारको क्रममा आर्यघाटमा सलामी दिइने छ ।

सेनालाई लेखिएको पत्रको बोधार्थ प्रहरी महानिरीक्षकको कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई समेत दिइएको छ । 

यसैबीच एमालेले संसदीय दलको बैठक दिउँसो २ बजेलाई डाकेको छ । संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने छ ।

टिप्पणीहरू