विशेषको फैसलामा अख्तियार क्रुद्ध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले श्यामकृष्ण च्वामू श्रेष्ठसमेत सात जनामाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा हालिएको मुद्दामा भएको विशेषको फैसलाविरुद्ध पुनरावेदन गरिएको जनाएको छ । अख्तियारले श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख २४ हजार ४७८ रुपियाँ बिगोसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
आयोगका प्रवक्ता भोला दाहालले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमा भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको बताए । उनका अनुसार आयोगको निर्णयपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
टिप्पणीहरू