काठमाडौं महानगरपालिकामा भोलि शोक बिदा

काठमाडौं महानगरपालिकामा भोलि शोक बिदा
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले शोक बिदा दिने निर्णय गरेको हो । 

भोलि महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द हुने प्रशासन विभागका विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिए । वडाध्यक्ष रिजालको निमोनियाका कारण आज बिहान साढे ७ बजे ग्राण्डी अस्पतालमा निधन भएको हो । गत भदौ १७ गते अस्पताल भर्ना भएका उनको दुवै फोक्सोमा सिभियन निमोनिया (भाइरल निमोनिया) देखिएको थियो ।

टिप्पणीहरू