दुई घण्टामा ६१ हजार पटक चट्याङ,१२ जनाको मृत्यु

दुई घण्टामा ६१ हजार पटक चट्याङ,१२ जनाको मृत्यु

भारतको उडिसा राज्यमा दुई घण्टामा ६१ हजार पटक चट्याङ परेको छ । उक्त घटनामा १२ जनाको ज्यान गएको छ भने १४ जना गम्भीर घाइते भएको बताइएको छ ।

भारतीय मौसम विभागले आगामी बिहीबारसम्म उडिसामा यस्तो चट्याङ परिरहने चेतावनी दिएको छ । शनिबार साँझ भएको उक्त प्राकृतिक प्रकोपमा आठ चौपाया मारिएका छन् । 

राज्य सरकारले मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिइएको छ । मौसमविदहरुले बंगालको खाडीमाथि र उडिसाको आकाशको चिसो र तातो हावाका कारण उक्त प्रकोप भएको अनुमान गरेका छन् ।

टिप्पणीहरू