संविधान दिवस तीन दिन मनाइने

संविधान दिवस तीन दिन मनाइने
सुन्नुहोस्

सरकारले यो वर्ष संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको छ ।  आज बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

जसअनुसार असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउने भनिएको छ । समिति अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । 

असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह र विदेशस्थित राजदूतावास, कुटनीतिक नियोगमा पनि दिवस मनाइनछे । तीन दिन बेलुका दीपावली गरिनेछ ।
 

 

टिप्पणीहरू