अटेरी उपभोक्तालाई प्राधिकरणको १५ दिने अल्टिमेटम

अटेरी उपभोक्तालाई प्राधिकरणको १५ दिने अल्टिमेटम
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत सप्लाई लिएका उपभोक्ताहरुलाई बक्यौता महसुल बुझाउन निर्देशन दिएको छ ।

 १५ दिनको समयसीमा तोक्दै प्राधिकरणले ती उपभोक्ताहरुलाई महसुल बुझाउन भनेको हो । यसअघि पटकपटक पत्राचार गर्दा पनि अटेर गरेपछि प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएको समयभित्र बक्यौता नतिर्नेलाई विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० मा भएको व्यवस्थाअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । 

‘विगतमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत सप्लाई लिई सोबापतको विद्युत महसुल भुक्तानी गर्न बाँकी भएका सम्पूर्ण उपभोक्ताहरुलाई नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ को विनियम २७ (६) बमोजिम सम्बन्धित वितरण केन्द्रहरुबाट बक्यौता महसुल बुझाउन पटकपटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता नबुझाएको’, जारी सूचनामा उल्लेख छ । 

औद्योगिक तथा व्यापारिक समूहले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत सप्लाई लिएका छन् । प्राधिकरणले विभिन्न मितिमा पत्राचार गर्दै महसुल बुझाउन आग्रह गरेपनि उनीहरुले अटेर गर्दै आएका छन् ।
 

टिप्पणीहरू