चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि को–को छानिए ?

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि को–को छानिए ?
सुन्नुहोस्

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जना छनौटमा परेका छन् । सिफारिस समितिले दरखास्त पेश गरेका मध्येबाट पहिलो चरणमा ९ जनालाई छनौट गरेको हो । 

डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रविण मिश्र, प्रा.डा. मनेनप्रसाद गोर्खाली, डा. विधाननिधि पौडेल, प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. संगितासिंह भण्डारी र प्रा.डा. सुमनकुमार श्रेष्ठ छनौट भएको समितिले जनाएको छ । 

समितिका अनुसार आउँदो भदौ १७ गते उम्मेदवारहरुको प्रस्तुतिकरण र भदौ १८ गते अन्तरवार्ता हुनेछ । कमलपोखरीमा रहेको लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा प्रस्तुतिकरण र अन्तरवार्ता गरिने समितिले जानकारी दिएको छ । 

त्यस्तै, समितिले उम्मेदवारको व्यवसायिक कार्ययोजनासहितको सोचपत्र भोलि दिँउसो ३ बजेभित्र सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा पेश गर्न निर्देशन दिएको छ ।

टिप्पणीहरू