एमसीसी परियोजना कार्यान्वयन प्रारम्भ सिंहदरबारबाट, अर्थमन्त्रीद्वारा खुशी व्यक्त

एमसीसी परियोजना कार्यान्वयन प्रारम्भ सिंहदरबारबाट, अर्थमन्त्रीद्वारा खुशी व्यक्त

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को आजदेखि कार्यान्वयन प्रारम्भ भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका भाइस प्रेसिडेन्ट भाक्यामेरोन अल्फोर्डले एमसीसी कार्यान्वयन पत्र आदानप्रदान गरेर परियोजना शुभारम्भको घोषणा गरेको बताइएको छ । 

कार्यान्वयन शुभारम्भको घोषणा गर्दै मन्त्री महतले खुशी व्यक्त गर्नुभएको छ । परियोजनाको अवधि पाँच वर्ष तोकिएको छ ।

टिप्पणीहरू