एमसिसी लागु हुने दिन अमेरिकी पाहुनाको आगमन

एमसिसी लागु हुने दिन अमेरिकी पाहुनाको आगमन

अमेरिकी सहयोग परियोजना (एमसिसी) आजदेखि औपचारिक रुपमा प्रारम्भ गरिँदैछ । पाँच वर्षको अवधि तोकिएको परियोजनाको निम्ति त्यसपूर्वका अधिकांश शर्त नेपाल सरकारले पूरा गरिसकेको जनाइएको छ ।

सोही अवसरमा एमसिसीका भाइस प्रेसिडेन्ट तथा डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन क्यामरुन एस अल्फोर्ड आज कतार एअरको उडानबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

एमसिसी कार्यान्वयनमा जानुअघि विप्लव नेतृत्वको नेकपाले विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ । केही दिनदेखि मसाल जुलुसको आयोजना गरेको उक्त पार्टीले अस्ति एमसिए कार्यालय,दरबारमार्ग बाहिर विरोध प्रदर्शन गरेको थियो । हिजो राष्ट्रिय नाचघर जमलमा विभिन्न दलका नेताहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

टिप्पणीहरू