ललितपुरमा पनि एमसिसीको विरोध

ललितपुरमा पनि एमसिसीको विरोध

अमेरिकी सहयोग परियोजना एमसिसी कार्यान्वयनको चरणमा पुग्नै लाग्दा सो को विरोध शुरु भएको छ । हिजो कलंकीमा भित्ते लेखन थालेको विप्लव नेतृत्वको नेकपाले ललितपुरमा पनि विरोध कार्यक्रम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले गो ब्याक एमसिसी,गो ब्याक अमेरिका,नो एमसिसी,एमसिसी खारेज गर,राष्ट्रघाती एमसिसी खारेज गरलगायत नारा लेख्न र पर्चा बाँड्न थालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले एमसिसीको विरोधमा भदौ १६ गते नेपाल बन्दको कार्यक्रम राखेको छ । आगामी आइतबार संसदीय दलका प्रमुखको पुत्ला जलाउने, ११ गते विरोध प्रदर्शन गर्ने, १२ गते एमसिसीको सम्झौता जलाउने, १३ गते राजमार्गमा एक घण्टा अवरोध पुर्याउने, १५ गते मसाल जुलुस निकालेर १६ गते नेपाल बन्दको कार्यक्रम  छ ।
 

टिप्पणीहरू