पूर्वप्रधानमन्त्रीहरुसँग सीआईबीले लियो राति बयान

पूर्वप्रधानमन्त्रीहरुसँग सीआईबीले लियो राति बयान
सुन्नुहोस्

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ । पूर्व प्रधानमन्त्री भट्टराईले पनि सामाजिक सञ्जालमार्फत् बयानबारे जानकारी दिएका छन् ।

भट्टराईले ट्विटरमा आफ्नो प्रतिबद्धता र कर्तव्य पूरा गरेको उल्लेख गरेका हुन् । लेखेका छन्,  ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा प्रश्नहरुबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ।’

सीआईबीले गएराति उक्त प्रकरणका मुख्य निर्णयाधिकारीका रुपमा प्रधानमन्त्रीहरु नेपाल र भट्टराईको बयान लिएको बताइएको छ । सर्वोच्च अदालतको आदेश, जनआक्रोश र व्यापक दबाबपछि आफूहरुले बयान लिएको सीआईबीले जनाएको छ ।

सीआईबीले उक्त अनुसन्धानको आंशिक प्रतिवेदन हिजो बुझाएको थियो । आज उहाँहरुको बयानपछिको बाँकी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागिएको हो ।

टिप्पणीहरू