स्वास्थ्य संस्था दर्ता गर्न एक साताको समय

स्वास्थ्य संस्था दर्ता गर्न एक साताको समय
सुन्नुहोस्

पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अविलम्ब दर्ता हुन निर्देशन दिएको छ । 

महानगरपालिकाले सात दिनको समय दिएर संस्था दर्ता गर्न निर्देशन दिएको हो । त्यस्तै, दर्ता भएर सञ्चालनमा आएका स्वास्थ्य संस्थालाई पनि तोकिएकै समयमा नवीकरण गर्न महानगरले भनेको छ । 

निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, ल्याब, डाईग्नोस्टिक सेन्टर, एक्स–रे, सिटी स्क्यान, एमआरआई, आयुर्वेद क्लिनिक, होमियोप्याथीक क्लिनिकले स्थानीय तहबाट अनुमति लिनुपर्ने प्रावधानअनुसार महानगरले यस्तो निर्देशन दिएको जनाएको छ । फिजियोथेरापी केन्द्र, पुर्नस्थापना केन्द्र, योगध्यान तथा शारीरिक व्यायाम केन्द्र, जेरियाट्रिक परामर्श केन्द्र, डेन्टल क्लिनिक, अप्टिकल्स, प्रयोगशाला, औषधी फार्मेसीहरुलाई पनि दर्ता र नवीकरण गर्न भनिएको छ । 

‘यस कार्यालयबाट सञ्चालन स्वीकृति बिना सञ्चालनमा रहेको तथा आर्थिक वर्ष २०८०–०८१ अवधिका लागि नवीकरण गर्न हालसम्म पनि आवश्यक कागजातहरु सहित यस कार्यालयमा निवेदन दर्ता पेश नगरेका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले सात दिनभित्र यस कार्यालयमा अनिवार्य रुपमा दर्ता–नवीकरण गराउन हुनका साथै यस वीरगञ्ज महानगरपालिकामा पनि व्यवसाय दर्तासमेत गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ । 

त्यस्तै, तोकिएको अवधिभित्र संस्था दर्ता–नवीकरण नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू