झगडा छुट्याउन गएका प्रहरीमाथि झन्डै कुटपिट

झगडा छुट्याउन गएका प्रहरीमाथि झन्डै कुटपिट

रुपन्देहीमा प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

सियारी गाउँपालिका-७ अमुवाका ३० वर्षीय लालबहादुर थारु र ४० वर्षीय जितबहादुर थारुलाई प्रहरीले समातेको हो । आपसमा झगडा गरेका उनीहरुले छुट्याउन आएका प्रहरीलाई दुर्व्यवहार गरेपछि थुनामा पुगेका हुन् । 

प्रहरीका अनुसार अमुवास्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित सांस्कृतिक मेलामा उनीहरु आपसमा झगडा गरेका थिए । सोही क्रममा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सम्झाउन खोज्दा दुव्र्यवहार गरेको आरोप लगाइएको छ ।  

यस सम्बन्धमा आवश्यक जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू