लगातार विरोध भइरहे वैदेशिक रोजगारीमा असर पर्ने कोरियाको चेतावनी

लगातार विरोध भइरहे वैदेशिक रोजगारीमा असर पर्ने कोरियाको चेतावनी

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले रोजगारीको अवसर गुमाउन सक्ने चेतावनी दिएको छ । नेपाल ईपिएस सेन्टर प्रमुख किम उन दकले कोरियाबाट फर्केका (रिट्र्नीहरु) को विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परेमा परीक्षा तयारी गर्दै गरेका धेरै युवाहरुले रोजगारीको अवसर गुमाउने बताएका हुन् । 

उनले रोजगार अनुमति प्रणाली विश्वका १६ वटै मुलुकका लागि समान र पारदर्शी रुपमा लागू भइरहेको उल्लेख गर्दै नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने समेत स्पष्ट पारेका छन् । 

कोरियाली रोजगारदाताद्धारा पारिश्रमिक दिने हुँदा विदेशी श्रमिक छनौटमा पनि उनीहरुकै धारणा सबैभन्दा महत्वपूर्ण हुने उनको भनाई छ । ‘रिटर्नीहरुलाई जबरजस्ती छनौट गर्न लगाउन सकिँदैन, रोस्टरमा भएका श्रमिक नसकुञ्जेल परीक्षा स्थगित गराएर सायद केही रिटर्नी कोरिया जान पाउलान् तर रोजगारदाताले चाहेको श्रमिक रोस्टरमा नभए अरु राष्ट्रबाट छनौट गर्न सक्छन् भन्ने विषयलाई ध्यानमा राख्नुपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू