१३ दिनको प्रसाद खाने डेढ सय अस्पताल भर्ना, गृहमन्त्री र पूर्वप्रधानमन्त्री सकुशल
राजधानीमा हिजो आयोजित मृतकको १३ दिने पुण्यतिथिको प्रसाद खाने अधिकांश थला परेका छन् । त्यस्ता बिरामी झण्डै डेढ सय जना राजधानीका विभिन्न अस्पतालमा भर्ना भएको बताइन्छ ।
राजधानीको रानीवन छेउ आयोजित उक्त कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने फलफूल मात्रै खाएकाले बिरामी पर्नबाट जोगिनुभएको भोजमा सहभागीहरुले बताएका छन् ।
नागार्जुन नगरपालिकाको रानीवनस्थित सनराइज हाइटमा भोज खाएकाहरु अधिकांश साँझदेखि ज्वरो र झाडापखालाका कारण अस्पताल गएका हुन् ।
स्थानीय आचार्यश्री ओशो अखण्डका पिताको १३ दिने पुण्यतिथिमा गृहमन्त्री श्रेष्ठ,पूर्वप्रधानमन्त्री भट्टराईसहित सयौं सहभागी भएका थिए ।
उक्त कार्यक्रममा भोजन व्यवस्थापन स्थानीय राधाकृष्ण टेण्ट एण्ड क्याटरिङले गरेको थियो ।
टिप्पणीहरू