सिम्रौनगढमा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित, सेवा ठप्प

सिम्रौनगढमा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित, सेवा ठप्प

बाराको सिम्रौनगढ नगरपालिकाका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आन्दोलन थालेका छन् । नगर अस्पतालमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलब नपाएपछि तालाबन्दी गरेका हुन् । 

उनीहरुले तलबभत्ता, अतिरिक्त सेवासुविधालगायतको माग राख्दै हिजो बिहानदेखि अस्पतालको मूल ढोकामा ताला लगाएका छन् ।

आफ्ना माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू