पत्नी वियोगको पीडामा रहनुभएका प्रधानमन्त्रीलाई भारतीय समकक्षीको समवेदना

पत्नी वियोगको पीडामा रहनुभएका प्रधानमन्त्रीलाई भारतीय समकक्षीको समवेदना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नी शोकमा रहनुभएका नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना प्रकट गर्नुभएको छ । 

दिवंगत सीता दाहाललाई श्रद्धाञ्जली दिँदै मोदीले प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिनुभएको हो । ट्वीट गर्दै मोदीले पत्नी सीताको दुःखद निधन भएको खबरले मर्माहत भएको बताउनुभएको छ । 

प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै ट्विटमा लेखिएको छ, ’श्रीमती सीता दाहालको दुःखद निधनको खबरले मर्माहत भएको छु ।’

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको उपचारकै क्रममा आज बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।

टिप्पणीहरू