भारतबाट आएको नेपाली मोटरसाइकलमा स्रोत नखुलेको रकम

भारतबाट आएको नेपाली मोटरसाइकलमा स्रोत नखुलेको रकम

बारामा स्रोत नखुलेको लाखौं रुपैयाँ बरामद भएको छ । कलैया उपमहानगरपालिका १०, मटिअर्वास्थित सीमा इलाकाबाट स्रोत नखुलेको सात लाख छ हजार ७२५ रुपैयाँ फेला परेको जनाइएको छ ।

सशस्त्र प्रहरीको टोलीले एउटा मोटरसाइकलसहित उक्त रकम र एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा (बिओपी मटिअर्वा) ले कलैया ८ बस्ने ४५ वर्षीय मदनकुमार मिश्रलाई नियन्त्रणमा लिएको हो ।

ना.३७ प ९७३५५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रको साथबाट उक्त रकम फेला परेको हो । स्रोत खुलाउन नसकेपछि उनलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

टिप्पणीहरू