बिना बर्दीका इन्स्पेक्टरको ज्यान जोगाउन मुश्किल,गाउँले उर्लेर आक्रमण

बिना बर्दीका इन्स्पेक्टरको ज्यान जोगाउन मुश्किल,गाउँले उर्लेर आक्रमण

रातारात झापाको एउटा बिओपी अनुगमनमा गएका सशस्त्र प्रहरी बल,नेपालका इन्सपेक्टर घाइते भएका छन् । स्थानीयको आक्रमणबाट बिओपीको गाडीसमेत तोडफोड भएको छ । जिल्ला सदरमुकाम,चन्द्रगढी भद्रपुरको गणमा थुनिएका उनलाई प्रतिवेदनसहित सुनसरीको पकलीस्थित बाहिनी हेडक्वार्टरमा पठाउने तयारी भएको बुझिएको छ ।

हिजो राति १० बजे झापाको नकलबन्दा बिओपी निरीक्षण गर्न भन्दै सुनसरी बाहिनीका इन्सपेक्टर नवप्रभात राई त्यहाँ पुगेका थिए  ।  

सिभिल ड्रेसमा गएका ए केटा हो,किन राम्रो ड्युटी गर्दैनौ भन्दै हप्कीदप्की गर्न पुगेका उनलाई स्थानीय वासिन्दाले राती चोरजसरी आएर बर्दीधारी सिपाही थर्काउने तिमी को हौ भन्दै घेराउ गरेका थिए । तर,जे भए पनि आफ्ना हाकिम नै हुन्,गल्ती गरे पनि बचाउनै पर्यो भन्ने सशस्त्रका आधा दर्जन प्रहरीमाथि समेत जनता  जाइलागेको बताइन्छ । झण्डै ८० जना स्थानीयले पैसा उठाउन नक्कली इन्सपेक्टर आएको भन्दै सशस्त्रको गाडीमा राखिएका राईलाई सुरक्षित राखिएको गाडीसमेत तोडफोड गरेका छन् । 

"झण्डै ८० जना स्थानीयले पैसा उठाउन नक्कली इन्सपेक्टर आएको भन्दै सशस्त्रको गाडीमा राखिएका राईलाई सुरक्षित राखिएको गाडीसमेत तोडफोड गरेका छन् ।"

सि.सँ.१३ का राई राति झापाको काकडभिट्टा र बाहुनडाँगीबीच नकलबन्दा बिओपीमा गएका थिए । उनलाई स्थानीयले नक्कलीले पैसा उठाउन खोजेको भन्दै आक्रमण गरेका हुन् । सो क्रममा बिओपीको गाडीको तीन वटा झ्यालको सिसा फुटेको बताइन्छ ।

सिपाही राम तामाङलाई लिएर राई किन राती त्यता गए बुझ्न सकिएको छैन । नकलबन्दाको इञ्चार्ज सई माधव खत्री हुन् । राईलाई स्थानीयले मापसे गरेको आरोप लगाएका छन् भने सशस्त्र प्रहरी बलले उनले मापसे नगरेको जानकारी दिएको छ ।

टिप्पणीहरू