नेपालगञ्ज गएका रेशम भैरहवाबाट उडे, भारतबाट काँग्रेस नेता कोइराला

नेपालगञ्ज गएका रेशम भैरहवाबाट उडे, भारतबाट काँग्रेस नेता कोइराला

जेठ १५ गते गणतन्त्र दिवसको दिन बिहान सदरखोर डिल्लीबजारबाट छुटेका रेशम चौधरी गृहजिल्लालगायत लुम्बिनी प्रदेश घुमेर हिजो राजधानी फर्केका छन् । टीकापुर नरसंहारमा संलग्न भएको आरोपमा जन्मकैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो ।

उनी सोही दिन काठमाडौंबाट नेपालगञ्ज हुँदै कैलाली पुगेका थिए । एक साता लामो घुमघाम र भेटघाटपछि उनी हिजो भैरहवाबाट काठमाडौं आएका हुन् । उनी हिजो राति १० बजे बुद्ध एअरको उडानमा आइपुगेको बताइन्छ । 

यता, नेपाली काँग्रेसका नेता शेखर कोइराला नयाँ दिल्लीबाट स्वदेश फर्केका छन् । उनी नेपाल वायुसेवाको उडान नम्बर आरए २१८ मा राति १० बजे काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री कार्यालयका सचिव विनोदप्रकाश सिंह आज बिहान टर्कि गएका छन् । उनी टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ मा बिहान सवा ८ बजे इस्तानबुलतर्फ प्रस्थान गरेका हुन् ।
 

टिप्पणीहरू