पर्यटन उद्यमी आशुतोष प्रधान विवेकशीलको प्रवक्ता

पर्यटन उद्यमी आशुतोष प्रधान विवेकशीलको प्रवक्ता

वेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई प्रवक्ता तोकेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पर्यटन उद्यमीसमेत रहेका प्रधानलाई प्रवक्तामा बनाउने निर्णय गरेको हो । 

पार्टीको कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले विज्ञप्ति जारी गर्दै उनलाई प्रवक्ता बनाएको जानकारी दिएका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट ‘संस्कृति पर्यटन’मा पिएचडी गरेका उनले पार्टीको उद्यमशीलता विभागको नेतृत्व सम्हालिसकेका छन् ।

टिप्पणीहरू